संघीय शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गरिने
काठमाडौं— संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गरिने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो ।
सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने, हरेक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चिता गर्ने पनि बताएको छ । त्यस्तै, शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरूलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने पनि उल्लेख गरिएको छ ।
उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिने पनि राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १८:००













