News Griha :: न्यूजगृह
श्रमिकको ज्याला धान्न पुग्ने स्वचालित प्रणाली लागु गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रमिकहरूको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्नेगरी स्वचालित ज्याला प्रणाली लागु गरिने बताएका छन् । 

श्रम र श्रमिकको कदर हुनेगरी न्यूनतम पारिश्रमिक निर्धारण गर्दै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न उक्त प्रणाली लागु गरिने भएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:५४
Weather Update