मध्य पहाडी लोकमार्ग आसपासका १० नयाँ शहरलाई पहिचानयुक्त बनाइने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्य पहाडी लोकमार्ग आसपासका १० नयाँ शहरलाई पहिचानयुक्त सहरको रूपमा विकास गरिने बताएका छन् ।
नीति तथा कार्यक्रममा सघन शहरी विकास कार्यक्रमलाई विस्तार गरिने उल्लेख छ । भौतिक पूर्वाधार विकासको एकीकृत रणनीति तयार गरिने नीति तथा कार्यक्रममा छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १७:१५













