News Griha :: न्यूजगृह
गोरखामा जीवन्त संग्रहालय बनाइने 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा जिल्लाको उपयुक्त स्थानमा नेपालको सम्पूर्ण जातजाति, संस्कृति र पहिचान झल्किने गरी जीवन्त संग्रहालय बनाउने बताए ।

उनले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालको संस्कृति, सम्पदाको अध्ययन गरिने, सम्पूर्ण पुरातात्विक सम्पदको संरक्षण गरी 'हाम्रो सम्पदा राम्रो सम्पदा अभियान' चलाइने समेत जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:००
Weather Update