सहकारी क्षेत्रको पुनर्संरचना हुने
काठमाडौं— सरकारले सहकारी क्षेत्रको पुनर्संरचना गर्ने भएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै यो विषयलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीको अनुगमन, नियमन, लगानीको सदुपयोग र सुरक्षाको लागि सरकारले काम गरिरहेको बताए । साथै सरकारले सहकारीहरूमार्फत उत्पादनको क्षेत्रमा लगानी विस्तार गर्ने गरी कानुन परिमार्जन गर्न लागेको पौडेलले बताए ।
त्यस्तै लघुवित्तको व्यवस्थापन, नियमन र सुपरीवेक्षण गर्न जरुरी रहेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:४६













