कृषि कर्जा कार्यक्रम पुरनावलोकन गरिने
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशमा हाइब्रिड बिउको विकास गरिने बताएका छन् । उनले कृषि कर्जा कार्यक्रम पुरनावलोकन गरिने समेत स्पष्ट पारे ।
उनल भने, ‘साना तथा ठूला किसानलाई योजना आधारित वर्गीकृत किसानको आधारमा कर्जाको अवधि बढाइनेछ ।’
यस्तै, उनले खाद्य भण्डारको क्षमता अभिवृद्धि गर्ने, खाद्यान्न र आयोडिन युक्त नुनको ढुवानीको व्यवस्था गरिने समेत बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:४७













