दाङमा बस ठोक्किँदा एकको मृत्यु, २९ जना घाइते

दाङ— देउखुरीमा बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार लमही नगरपालिका–३ फल्कापुरमा बस ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बस ठोक्किँदा आगो लागेको जिल्ला प्रहरी दाङले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेको भैरहवा, घोराही र नेपालगञ्ज उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ०९:३८













