News Griha :: न्यूजगृह
शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं— देशको पहाडी भू–भागमा शुक्रबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहने सम्भावना रहेको छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०६:२६
Weather Update