News Griha :: न्यूजगृह
मिश्रको प्रश्न— विदेशी चासोले शरणार्थीको फाइल खोलिएको हो ?

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल विदेशी चासोका कारण मात्रै खोलिएको हो कि भन्नेमा आशंका व्यक्त गरेका छन् ।

राप्रपाले बिहीबार वसन्तपुरमा आयोजना गरेको भ्रष्टाचार विरोधी सभामा उनले शरणार्थी प्रकरणको फाइल अन्य देशसँग जोडिएको कारण बाहिर आएको हो कि होइन भन्नेमा केही समयमै स्पष्ट हुने बताए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले सबैको फाइल खोल्नुपर्छ भनेका छन् । साँच्चकै भ्रष्टाचारका विषयमा फाइल खोल्ने हो भने यस्तो प्रकरणका फाइलहरू धेरै छन् । आउँदो हप्तामा त्यो फाइल खुल्छ कि खुल्दैन त्यसको आधारमा तपाईंहरूको मूल्यांकन हुनेछ,’उनले भने,‘शरणार्थी प्रकरण अन्य देशसँग पनि जोडिएको कारण यो मानवताविरुद्धको अपराध हो । विदेशी चासोका कारण मात्रै यो फाइल खोलेको हो कि होईन केही समयमै प्रष्ट हुन्छ ।’

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २०:१६
Weather Update