News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डविरुद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा 

काठमाडौं— प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटको सुनुवाइ हुँदैछ। माओवादी युद्धकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

गत मंगलबार दायर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १२:४५
Weather Update