News Griha :: न्यूजगृह
पक्राउ परे भुटानी अधिकारवादी नेता रिजाल

काठमाडौं— भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

बिहीबार पक्राउ परेको उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरू भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । शरणार्थी प्रकरणमा पक्राउ पर्ने रिजाल नेपालमा बसिरहेका भुटानका उच्च नेता हुन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:४४
Weather Update