वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियोः मन्त्री भण्डारी

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
बिहीवार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौँ नेपाल चेम्बर एक्स्पो, २०२३ मा बोल्दै उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताए ।
‘अहिले बाहिर कुरा उठिरहेको छ । मानिस बेचेर पनि कारोबार भइरहेको छ । मन्त्रालयमा गएर हेर्दा श्रमका सम्बन्धमा कही केही देखिन,’ मन्त्री भण्डारीले भने । उनले श्रम विभाग माथि उठ्नसक्ने अवस्थामा नरहेको समेत बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १६:०७