News Griha :: न्यूजगृह
दुर्घटनामा बाबुको मृत्यु, छोरा गम्भीर घाइते 

नुवाकोट— बेलकोटगढी नगरपालिका– ७ मा बिहीबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार लिखु गाउँपालिका– १ बोरापानीकानेत्रमान विश्वकर्माको मृत्यु भएको हो ।  उनका छोरा निरज घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो। २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नंम्बरको मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका– ७ ठूलोखोलामा बिहान १० बजे तिर ठक्कर दिएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:२९
Weather Update