News Griha :: न्यूजगृह
रेशम चौधरीको फैसला छिट्टै टुङ्गोमा पुग्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थुनामा रहेका रेशम चौधरीको मुद्दा छिट्टै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

‘रेशम चौधरीको विषयमा यसअघि पनि अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको हो,’ प्रधानमन्त्री प्रचण्डले संसद्मा भने, ‘अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नका निम्ति सबैतिर कुनै न कुनै रूपमा आवाज उठाएकै हो । अहिले टुङ्गिएको छ । अब यो विषयलाई कसरी समाधान गर्नमा निकै गम्भीर छौँ । मलाई विश्वास छ छिट्टै यसको टुङ्गोमा पुग्नेछौँ ।’

pushpa kamal dahal-house 21684399546.jpg

राजनीतिक आन्दोलनका कारण जेलजीवन बिताइरहेका बन्दीहरूका सम्बन्धमा यस सम्बन्धित यसै संसद्मा विधेयक प्रस्तुत भइसकेको उनले जानकारी दिए । विधेयक छिट्टै निष्कर्षमा पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

‘खाली थारुहट आन्दोलनसँग सम्बन्धित मात्र होइन, मधेस आन्दोलनलगायत अन्य आन्दोलनसँग सम्बन्धित बन्दीहरूको रिहाइको विषय पनि त्यो विधेयकमा रहेको जानकारी गराउन चाहन्छु,’ संसदमा जवाफ दिने क्रममा उनले भने, ‘त्यो विधेयक यसै सदनमा दर्ता भइसकेको छ र हामी त्यसलाई छिट्टै पारित गर्दैछौँ । त्यही विधेयकको बाटो रही बन्दी रिहा गर्ने बाटोमा अगाडि बढ्नेछौँ ।’

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:२९
Weather Update