News Griha :: न्यूजगृह
'दरबार हत्याकाण्डको नयाँ सिराबाट अनुसन्धान थाल्नुपर्छ'

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्ड, राजवदरबार हत्याकाण्ड र मदन भण्डारी तथा जीवराम आश्रित हत्या केसको नयाँ सिराबाट अनुसन्धान गर्नुपर्ने बताएका छन् । 

प्रतिनीधि सभामा सांसदहरूको सवालको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘चाहे त्यो गौरको केस होस् या दरबार हत्याकाण्डको । अहिले जेजसरी बिर्साउने कोसिस भएको छ, त्यसलाई गम्भीर रूपमा लिएको छु ।’ 

उनले यसको निम्ति गम्भीर विमर्श गरी उपयुक्त बाटोबाट अनुसन्धानको प्रक्रिया थाल्नुपर्ने बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:१७
Weather Update