News Griha :: न्यूजगृह
 कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा तोडफोड प्रयास 

 

काठमाडौं— ओखलढुङ्गामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोड प्रयास भएको छ । तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले कार्की सवार गाडीमा तोडफोडको प्रयास गरेका हुन् ।

प्रदेशको नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मुख्यमन्त्री सवार गाडीको झन्डा च्यातेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए ।  

पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभरि आन्दोलन भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:०२
Weather Update