News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरियोस् : महासंघ

काठमाडौं— नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी सिर्जना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ । दरबन्दी सिर्जना गर्नुपर्ने माग गर्दै महासंघले (२६ वैशाख) मा ज्ञापनपत्र बुझाएको थियो ।

महासंघले शिक्षक तथा कर्मचारीको तलबभत्ता मासिक रुपमा उपलब्ध गराउन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पेसागत एवम् विषयगत तालिमको प्रबन्ध गर्न पनि प्रधानमन्त्रीसँग माग गरेको छ ।

Prabhu Bank

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:४९
sagarmatha cementsagarmatha cement
Weather Update