विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन नसकिने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिइ बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ ।’
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १५:४०













