News Griha :: न्यूजगृह
मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं— अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । 

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०६:१५
Weather Update