News Griha :: न्यूजगृह
एमालेलाई एक्ल्याउने काम भएको छ– उपाध्यक्ष पौडेल

काठमाडौं— नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण पार्टीले नदेखेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रतिनिधि सभा बैठकमा भएको छलफलमा उनले एमाले प्रस्तावको विपक्षमा उभिने बताए ।     

प्रतिनिधि सभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेविनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो? भन्दै प्रश्न गरे  ।

उपाध्यक्ष पौडेलले भने, ‘राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।’ उनले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको दाबी गरे । 
    
    
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:१८
Weather Update