शिक्षक सरुवाबारे अदालतको यस्तो आदेश

काठमाडौं— उच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकको काज सरुवा नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले १५ वैशाखमा गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आफू अनुकूल नगरपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षकको काज सरुवा गरेर हाजिर हुन ताकेता गरेपछि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले निर्णय खारेजीको माग गदै उच्च अदालत जुम्लामा रिट दायर गरेको थियो ।
निवेदकको तर्फबाट मंगलबार अधिवक्ता पदमबहादुर शाही र राजबहादुर बोगटीले बहस गरेपछि न्यायाधीश श्रीमण कुमार गौतमको इजलासले १२ वैशाखसम्म कारणसहित विपक्ष रास्कोट नगरपालिकालाई छलफलका लागि हाजिर हुन आदेश दिएको छ ।
यो हेर्नुहोस्

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ०९:४६













