News Griha :: न्यूजगृह
मदन–आश्रित स्मृति दिवसले कम्युनिस्टहरूबीच सहकार्य र एकताको प्रेरणा दिन्छ : दाहाल

काठमाडौं— प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित दिवसले कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन् ।

३०औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले प्रेरणा दिने बताएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्,‘आज ३०औं मदन–आश्रित स्मृति दिवस । रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । यस दिनले कम्युनिस्ट एवम् वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।’

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:१३
Weather Update