News Griha :: न्यूजगृह
यस्तो रहनेछ बुधबार मौसम

काठमाडौं— देशका केही स्थानमा बुधबार वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहँदा बुधबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका केही स्थानमा साथै लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०६:२०
Weather Update