News Griha :: न्यूजगृह
मदनआश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३०औं मदनआश्रित स्मृति दिवस मनाउँदै छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिवसका सन्दर्भमा अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलिसभालगायत कार्यक्रम गर्न लागेको हो ।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल ३ जेठमा दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०६:००
Weather Update