News Griha :: न्यूजगृह
सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेको प्रमाण

काठमाडौं— सर्वोच्च अदालतले जिल्ला प्रशासन र अध्यागमन विभागसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अमेरिकी राहदानी त्यागेको प्रमाण मागेको छ ।

अदालतको रिट तथा मुद्दा महाशाखाले जिल्ला प्रशासन कार्यालय काठमाडौं र अध्यागमन विभागसँग लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा भए उपलब्ध गराउन पत्र पठाएको हो ।

राहदानी दुरुपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा उनले नेपाली नागरिकता लिँदा अमेरिकी नागरिकता र राहदानी त्यागेको प्रमाण पेस नगरेको दाबी गरिएको थियो ।

sarboccha1684254565.jpg

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २२:१४
Weather Update