News Griha :: न्यूजगृह
सुदूरपश्चिममा एमाले निकट अखिलको दबदबा, कुन क्याम्पसमा कसले जिते ? (सुचीसहित)

धनगढी—  आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सुदूरपश्चिममा अनेरास्ववियुकोदबदबा देखिएको छ ।

सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा बिजयी भएको हाे ।

यसैगरी नेपाल विद्यार्थी संघ ४ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको हो । सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको छ ।

अनेरास्ववियु

बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती 

खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी 

चौमाला बहुमुखी क्याम्पस – हरेन्द्रबुढा 

लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सिना

ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का 

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस – दिलेन्द्रप्रसाद बडु 

कञ्चन बहुमुखी क्याम्पस – देवबहादुर साउँद 

नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल 

श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी 

सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा 

खप्तड आदर्श क्याम्पस – श्याम विक 

थलारा बहुमुखी क्याम्पस – महेश जेठारा 

सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी 

सुनकुडा क्याम्पस – दिलीप अधिकारी 

कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी 

नेविसंघ

कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी 

महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी 

केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम 

डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गाप्रसाद भट्ट 

अखिल क्रान्तिकारी

मोहन्याल बहुमुखी क्याम्पस – अर्जुन खत्री 

रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा 

जनता बहुमुखी क्याम्पस – मनोज साउद 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:३७
Weather Update