News Griha :: न्यूजगृह
आङटावा शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं— जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर संगठित ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले शरणार्थी प्रकरण दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि सोमबार शेर्पा आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए । यसअघि प्रहरीले शेर्पाको बारेमा अनुसन्धान गरिरहेको बेला आफैं प्रहरीमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । उनीसहित अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २०:३७
Weather Update