‘अयोग्य लडाकु’लाई २ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं— सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मङ्गलबार सो रिटमाथि प्रारम्भिक सुनवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट हालेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १७:३५













