News Griha :: न्यूजगृह
शरणार्थी प्रकरणमा संलग्नहरूलाई राजनीतिक तहबाट जोगाउन खोजे देश र जनताप्रति गद्दारी : डा.रावल

काठमाडौं— नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भए इतिहासले माफी नदिने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले उच्च तहबाट षडयन्त्र भइरहेको समाचार आएका जनाएका छन् ।

‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भइरहेको समाचार छ । राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन,’उनले लेखेका छन् ।

उक्त प्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बयान लिइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:३१
Weather Update