
काठमाडौं— आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलब नबढाइएकोमा नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तलब बढाउनुपर्ने मागसहित अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको संयुक्त टोलीले अर्थमन्त्री डा.महतलाई ज्ञापनपत्र बुझाउँदै तलब बढाउन माग गरेको हो ।
सोमबार अर्थमन्त्री महतकै निवासमा पुगेर ज्ञापनपत्र बुझाइएको र आफ्ना माग सम्बोधन नगरे पुनः आन्दोलनमा उत्रिने चेतावनी दिइएको परिषद्ले जानकारी दिएको छ । सरकारले लामो समयदेखि विद्यालय कर्मचारीलाई उपेक्षा गर्दै आएको परिषद्को भनाइ छ ।
महासंघ र परिषद्का टोलीसँग अर्थमन्त्री डा.महतले हाल अर्थतन्त्र खस्किएको बताउँदै राज्यले थप दायित्व बहन गर्न नसक्ने बताए । तर विद्यालय कर्मचारी परिषद् भने अर्थतन्त्रलाई दोष दिएर आफूहरूका माग पूरा गर्न नखोजिएको बताउँछ । परिषद्ले पटक–पटक आफ्ना मागबारे सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
भिडिओ हेर्नुहोस्













