News Griha :: न्यूजगृह
पूर्वगृहमन्त्री खाणसँग आज बयान लिइँदै 

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग आज मंगलबार पनि बयान लिइने भएको छ ।

सरकारी वकिल प्रमुख तथा सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबारबाट सुरु भएको खाणको बयान मंगलबार पनि जारी रहने छ ।

सो प्रकरणमा मुछिए पछि खाणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागेपछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनी  बुधबार (२७ वैशाख) बिहान उनकै निवासबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०७:१६
Weather Update