News Griha :: न्यूजगृह
काठमाडौंसहित देशका केही भू–भागमा वर्षाको सम्भावना

काठमाडौं— देशका केही भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा साँझ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

राति कोशी, बाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०६:२६
Weather Update