काठमाडौं महानगरका कार्यालयमा कुनै कर्मचारीले पैसा मागेमा प्रमाणसहित सम्पर्क गर्नू : मेयर साह

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरअन्तर्गतका कुनै पनि कार्यालयमा भ्रष्टाचारजन्य कार्य भएमा प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन् ।
साहले सोमबार सामाजिक सञ्जालमार्फत उक्त अनुरोध गर्दै कुनै कर्मचारीले कुनै पनि प्रकरणमा पैसा मागेमा अडिओ र भिडिओसहित प्रमाण पठाउन अनुरोध गरेका हुन् ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगर पालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकरणमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नुहोला भिडिओ–अडियो सहित,’ उनले भनेका छन् ।
उनले कसैले भ्रष्टाचार गर्यो भनेर बिना प्रमाण आरोप लगाउनुभन्दा प्रमाण जुटाउन अनुरोध गरे ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० २१:२८













