शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न माग

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले उक्त प्रकरण संगठित ठगी र राज्यविरूद्ध अपराध भएको बताएको छ ।
रास्वपा महामन्त्री डा.मुलुक ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारलाई खबरदारी गर्न चाहन्छौं । यसमा संदिग्ध व्यक्तिहरुको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोक्नु पर्दछ । साथै यस प्रकरणमा पीडित पक्षको ठगी भएको रकम पीडकबाट असुल उपर गराई फास्ट ट्रयाकमा क्षतिपूर्ति दिलाउन सरकारद्वारा सहजीकरण गरिदिनुहुन समेत अनुरोध गर्दछौं ।’
भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्याएको पनि रास्वपाले बताएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १८:००













