News Griha :: न्यूजगृह
रायमाझीको बयान जारी

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ ।

सहन्यायाधिवक्ता अच्युतमणि पोखरेलका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंमा रायमाझीको बयान भइरहेको छ ।

प्रहरीले आजै (सोमबार) जिल्ला अदालत काठमाडौंबाट रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:२०
Weather Update