News Griha :: न्यूजगृह
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : चित्रबहादुर केसी

काठमाडौं— सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताएका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:०३
Weather Update