News Griha :: न्यूजगृह
राप्रपा केन्द्रीय कार्य समिति बैठक शुरु, लिङदेनको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं—  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक सुरु भए लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमा राप्रपाको महाधिवेशन र पुस्तान्तरण, निर्वाचनमा राप्रपाको अवस्था, राजसंस्था र हिन्दुराष्ट्र,  जनादेश, सरकारको काम कारवाहीप्रति राप्रपाको दृष्टिकोण विषयलाई उठान गरिएको छ । 

rpp meeting11684137045.jpeg

देशमा चौतर्फी संकट मडारिरहेको समयमा राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धिका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न बैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।

प्रवक्ता लावतीका अनुसार, ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहीनताको अन्त्य, चुस्त दुरुस्त पार्टी संगठन र आन्दोलन लगायतका विषयमा बैठकले आगामी कार्यदिशा र कार्यभार समेत तय गर्ने भएको छ ।

rpp meeting 31684137061.jpeg

धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:२९
Weather Update