News Griha :: न्यूजगृह
टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ काठमाडौंकाे बुढानीलकण्ठबाट पक्राउ परेका नेकपा एमाले नेता, पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा पेस गरिँदै छ ।

रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले रायमाझीविरुद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । उक्त दिनदेखि उनी फरार थिए ।

शरणार्थी प्रकरणको अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई २० वैशाखमा नै पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनासँग प्रहरीले बयान लिइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:३७
Weather Update