News Griha :: न्यूजगृह
मनमोहन प्राविधिक विश्वविद्यालयलाई शिक्षक–कर्मचारी आवश्यकता

काठमाडौं— मनमोहन प्राविधिक विश्वविद्यालयले विभिन्न पदमा शिक्षक तथा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

प्रशासन सेवाअन्तर्गतका पाँचौं तहका पदहरूको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि विश्वविद्यालयले सोमबार विज्ञापन गरेको छ ।

उक्त तहका लागि खुला प्रतियोगिताको हकमा ३ असारसम्म र दोब्बर दस्तुर तिरी १० असारसम्ममा आवेदन दिन सकिने छ । आन्तरिक प्रतियोगिताको हकमा भने २१ जेठसम्ममा आवेदन दिनुपर्ने छ ।

मनमोहन स्मृति पोलिटेक्निकको स्वीकृत दरबन्दीमा कम्तीमा तीन वर्षदेखि नियमित  रूपमा करार  वा  सेवा करारमा कार्यरत शिक्षक वा कर्मचारीबाट पदपूर्ति  गर्ने  गरी आवेदन माग गरिएको छ ।

सीमित  आन्तरिक  खुला  प्रतियोगिताको दरखास्त आह्वान गरेको हो । आयोगको कार्यालयबाट दरखास्त फाराम लिई (वा आयोगको वेबसाइटबाट डाउनलोड गरी) दरखास्त फारामका सबै महलमा स्पष्ट विवरण खुलाई आयोगको कार्यालय दुहबी–४, सुनसरीमा बुझाउनु पर्नेछ ।

job1684115484.jpg

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०७:३६
Weather Update