
काठमाडौं—नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले तेस्रो चरणको आन्दोलनअन्तर्गत ७ वटै प्रदेशको सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउन प्रदेश समितिलाई आवश्यक निर्देशन दिएका छन् ।
तेस्रो चरणको आन्दोलन अर्थात् मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउने कार्य यही चैत्र १० गते गरिनेछ । अध्यक्ष तिवारीले भने,‘आन्दोलनको तेस्रो स्वरुपअन्तर्गत देशका ७ वटै प्रदेश सामाजिक विकास मन्त्रालयमा तोकिएको मिति, समयमा ध्यानाकर्षण पत्र एवम् आन्दोलनको कार्यक्रम जानकारी बुझाउनु हुन सम्बन्धित प्रदेश समितिलाई जानकारी गरिन्छ ।’
पत्रको नमुना शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएकै ढाँचामा बनाउन तिवारीले निर्देशन दिएका छन् । सम्बन्धित प्रदेश कार्यसमिति र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गरेका पदाधिकारी तथा सदस्यहरू अनिवार्य ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमा उपस्थित हुन अध्यक्ष तिवारीले अनुरोध गरेका छन् ।
विद्यालय कर्मचारीले तलब, सेवासुविधा, दरबन्दीलगायतका माग राखेर चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।













