News Griha :: न्यूजगृह
नेविसंघको प्रश्न– के माया लाग्छ र भ्रष्ट नेताको ?

काठमाडौं— नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आईतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाण विरुद्ध ‘सभापतिज्यू खाणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरूले नेविसंघको झण्डासहित प्रतीकात्मक रूपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए । 

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाणलाई २७ वैशाखमा पक्राउ गरेका थियो ।

Photo1684051008.JPG

Photo (3)1684050909.JPG

Photo (7)1684050910.JPG

Photo (8)1684050910.JPG

 

Photo (2)1684050909.JPG

Photo (4)1684050910.JPG

 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १३:४३
Weather Update