News Griha :: न्यूजगृह
एकैकार्यकालमा आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा (संसद्) को बैठकबाट विश्वासको मत लिन लागेका छन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन् ।

दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

एकैकार्यकालमा दाहालले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।

गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते २६८ सांसद्बाट विश्वासको मत पाएका थिए ।

आज प्रधानमन्त्री दाहाललाई संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित दश दल र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिने छन् ।

सम्भावित कार्यसूची

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०६:२६
Weather Update