News Griha :: न्यूजगृह
भ्रष्टाचारीलाई सिधै कारबाही गर्नुपर्छ, आन्दोलन गरेर हुँदैन : बालेन साह

काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले भ्रष्टाचारविरुद्ध नागरिकले गरेको खबरदारीले मात्रै कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुकबाट उनले नागरिक आन्दोलनले मात्रै भ्रष्टाचारीलाई कारबाही नहुने बताएका हुन् ।

उनले नेतालाई नीति बनाउनलाई भोट दिएर जिताएर पठाएको भन्दै जनताले नै कारबाही गर्नुपर्ने आशयको धारणा व्यक्त गरेका छन् ।

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बाग्मतीमा चोपाल्नुस् । यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउँदिनँ म चाहिँ । तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो,’ बालेनले भनेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:३६
Weather Update