माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको छ ।
आयोगले न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आजदेखि (३१ वैशाख) आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन सकिने जनाएको छ ।
अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० ०९:०६













