News Griha :: न्यूजगृह
नवनिर्वाचित उपराष्ट्रपति रामसहायले आज शपथ लिँदै

काठमाडौं— नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत्र ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।

यादवले आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०६:०७
Weather Update