News Griha :: न्यूजगृह
थप ३७ जनामा कोरोना संक्रमण

काठमाडौं— थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय सङ्क्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १६:४७
Weather Update