News Griha :: न्यूजगृह

काठमाडौं— भ्रष्टाचार ढाकछोपविरुद्ध ‘वृहत् नागरिक आन्दोलन’ सुरु भएको छ । 

काठमाडौंको नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलन सुरु गरेका हुन् ।

प्रदर्शनमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए । उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताए । ठूला नेताहरू भ्रष्ट नभइकन साना तहका नेताहरूले भ्रष्टाचार गर्न हिम्मत नगर्ने उनको भनाइ छ । 

‘देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ,’ उनले भने, ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ ।’ 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्र्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर, कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट आभानो नरहेको बताए । ‘प्रचण्डको पार्टीलाई भाग नपुगेको हो कि के हो ? तर, सबै पार्टी भ्रष्ट नै छन्,’ उनले थपे । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:५९
Weather Update