News Griha :: न्यूजगृह
भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा

काठमाडौं— भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आएका छन् ।

उनी बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । रिन्पोछे नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन् ।

उनी भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताए ।

उनका अनुसार रिन्पोछेले २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताए ।


 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:०१
Weather Update