News Griha :: न्यूजगृह
गुडिरहेका बसमा आगलागी

काठमाडौं— धादिङको धुनिबेशी नगरपालिका- ९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका- १ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार बसमा रहेका सबै यात्रु सकुशल छन् । बसमा ३३ जना यात्रु थिए । दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:०८
Weather Update