News Griha :: न्यूजगृह

काठमाडौं— व्यवसायी दुर्गा प्रसाईँ नेताहरूले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन् । 

शनिबार काठमाडौंमा पत्रकारसँग उनले नेपालका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा ट्रान्सफर गर्ने गरेको दाबी गरे ।

‘३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ । मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञ भन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन्’, उनले भने । 

प्रसाईँले नेपालका बैंकहरूले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुन्डीमार्फत वैधानिक रुपमा पठाएको प्रमाण रहेको जिकिर गरे ।

उनले अहिलेसम्म नेताहरूले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको समेत दाबी गरे । 

व्यवसायी प्रसाईँले जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १२:२३
Weather Update